सूचनाको शक्ति - The Power Of Information

        

टुङ्गियो प्रदेश नामाकरण

प्रदेश १ को नाम ‘कोशी’, खुसीयालीमा आज सार्वजनिक बिदा

प्रदेश–१ को नाम कोशी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ ।

प्रदेशसभाबाट कोशी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

पहिलो प्रदेशसभाले प्रदेश–१ को नाममा सहमति जुटाउन नसक्दा अन्य ६ वटै प्रदेशको नामकरण हुँदा पनि यो प्रदेशको नाम तय हुन सकेको थिएन । जसका कारण प्रदेश–१ का जनप्रतिनिधिको चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०६:१४