सूचनाको शक्ति - The Power Of Information

        

२०७९ फागुन १८ गतेको राशिफल, यसरी बित्नेछ तपाईंको दैनिकी

२०७९ फागुन १८ गते बिहीवार, २ मार्च २०२३ । फाल्गुण शुक्लपक्ष दशमी तिथि, ८ः२१ बजेदेखि एकादशी । आर्द्रा नक्षत्र, १४ः२१ बजेपछि पुनर्वशु । चन्द्रराशि– मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ । ज्ञान र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । दिन लाभदायक रहनेछ । आम्दानी बढाउने काम प्रारम्भ हुनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ । समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम पनि बन्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तले पनि उत्साह जगाउनेछन् । आँटेको काम तत्काल बन्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पारिवारिक असमझदारीले केही समस्या निम्त्याए पनि गरेका काम सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट लाभ हुनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् । दिगो योजना बन्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ । आवेशको व्यवहार र सानो असमझदारीले आफन्त टाढिन सक्छन् । अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुपर्ने समय छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०५:५५