सूचनाको शक्ति - The Power Of Information

        

के हो सेक्सटोयज ? कसरी मिल्छ यौन आनन्द ?

यौनका लागि प्रयोग गरीने कृत्रिम यौन सामाग्रीलाई सेक्सटोयज भनिन्छ । यस्ता सामाग्री पुरुष र महिला दुवैका लागि पाउन सकिन्छ । पुरुष र महिलाका यौन अंगका आकृतिमा पाइने यस्ता सामाग्री ठ्याक्कै लिंग वा यौनीजस्तै हुन्छन् ।

यस्ता सामाग्री माँड्ने, दल्ने र भाइब्रेटरमा पाइन्छ । सेक्सटोयज पुरुषहरुका लागि विभिन्न आकारमा पाउन सकिन्छ । पुरुषहरुका लागि रिङ, ओरल स्टिमुलेटर, योनि आदि पाउन सकिन्छ । रिङलाई लिंगमा औंठीजस्तै गरी लगाइन्छ ।

रबरले बनेको रिङमा भाइब्रेसन जोडिएको हुन्छ । यसले महिलाको योनिमा कम्पन पैदा गरी यौन सन्तुष्टि दिने काम गर्छ । तर यसको प्रयोग लामो समयसम्म गर्नुहुँदैन । कृत्रिम योनी महिलाको वास्तविक योनीकै आकारमा बनाइएको हुन्छ ।

यौनसाथी नहुँदा पुरुषले यस्ता सामाग्री प्रयोग गरी यौन आनन्द लिन सक्छन् । यस्ता साधनको प्रयोगले एचआइभी र यौन रोग लाग्नबाट बचाउनाले पनि यसको प्रयोगमा बृद्धि हुँदै गैरहेको छ । यसबाट पनि सम्भोगको पुर्ण सन्तुष्टि पाउन सकिन्छ ।

यो पुरै महिलाको शरीर वा योनि मात्र भएको भागमा पाउन सकिन्छ । ओरल स्टिमुलेटर महिलाको मुखको आकारमा हुन्छ । यसले मुख मैथुनको काम गर्छ । महिलाका लागि पनि कृत्रिम लिंग पाउन सकिन्छ । यो पुरुषको वास्तविक लिङ्गजस्तै देखिन्छ ।

यस्ता लिङ्गहरु भाइब्रेटरसहित पनि पाउन सकिन्छ । कृत्रिम लिङ्गका अलवा छुट्टै भाइब्रेटर पनि महिलाका लागि पाउन सकिन्छ । यसलाई यौनाङ्गको मुख्य भागलाई उत्तेजित गराउँछ । भाइब्रेटर छान्दा आवाज र आकारमा ध्यान दिनुपर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १६:४३