प्रदेश १ को प्रदेशसभा भवन आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सरकारले प्रदेश नामकरणको प्रस्ताव आज प्रदेशसभामा लैजाने तयारी गरेपछि प्रदेशसभा भवन आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
प्रदेशसभा भवन प्रवेशका दुई मार्ग कोसी अस्पताल चोक र देवकोटा चोकमा ठूलो संखयामा प्रहरी खटिएका छन् । उनीहरुले सर्वसाधारणलाई आवतजावतमा समेत रोक लगाएका छन् ।
पहिचानवादी संघ संस्थाले प्रदेशको नाम ‘कोशी’ राख्ने विषयमा असहमति राख्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश सरकारले सुरक्षा व्यवस्था कडा बनाएको हो ।
प्रदेशसभाको आज बसेको कार्य व्यवस्था समितिको बैठकले आज प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची तय गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं