२०७९ फागुन १७ गते, बुधवार, १ मार्च २०२३ । फाल्गुण शुक्लपक्ष नवमी तिथि, प्रातः ६ः४९ बजेदेखि दशमी । मृगशिरा नक्षत्र, १२ः१३ बजेपछि आर्द्रा । चन्द्रराशि– मिथुन ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ । समय दिन नसक्दा काम रोकिनेछ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ । आफन्तबाट पनि टाढिनुपर्ला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । भविष्यका लागि नयाँ काममा जग बसाउने अवसर जुट्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मेहनत गर्दा भाग्योन्नतिको समय छ । सामुदायिक तथा सेवामूलक कामले पद–प्रतिष्ठा दिलाउन सक्छ । सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन् । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ । परिबन्धले केही समस्या निम्त्याउन सक्छ । पहिलेको समस्या सुल्झाउन पनि निकै परिश्रम गर्नुपर्ला । सहयोग गर्नेहरू कमै भेटिनेछन् । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ । ठूलो उपलब्धि नभए पनि पहिलेको साख जोगाउन सकिनेछ । नयाँ काममा भने केही अलमल हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ला । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । पहिलेका कमजोरीमा क्रमशः सुधार आउनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । रमाइलो यात्रा हुनुका साथै स्वादिष्ट खानपानको समेत आनन्द प्राप्त हुनेछ । बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । दिगो फाइदा हुने योजना समेत कार्यान्वयन गर्न सकिनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजोर बनाउन सक्छ । तापनि, कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछन् । तर, गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । अध्ययनमा धेरै समय जुट्न नसकिएला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । परिस्थितिवश नियमित काम अधुरो रहला । बेसुरमा थालेको काम बिग्रन सक्छ । नतिजा कमजोर देखिनाले काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । तत्कालको फाइदा हेर्दा लाभांश गुम्न सक्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं