सूचनाको शक्ति - The Power Of Information

        

बुधबारदेखि पृथ्वी राजमार्ग ४ घण्टा बन्द हुने

बुधबारदेखि रातिको समयमा ४ घण्टा पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा सडकखण्ड बन्द हुने भएको छ ।

सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि राति १२ बजेदेखि बिहान ४ बजेसम्म आँबुखैरहनी–पोखरा सडकखण्ड बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तीन वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएपनि उक्त सडक खण्डमा कामको गति सुस्त हुँदा यात्रु तथा राजमार्ग नजिकका बासिन्दालाई हिलो र धुलोले सास्ती दिएको छ ।

सडक विस्तारका लागि भित्ता काट्ने, रिटेनिङ वाल बनाउने, नाली, कल्भर्ट बनाउने काम भइरहेको जनाइएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक राजमार्ग विस्तारको काम भइरहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १९:२२