सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आउँदाे फागुन २१ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
एमाले र राप्रपाबाहेकका चार दल र स्वतन्त्र सांसदको धनगढीमा आज मङ्गलवार भएको छलफलपछि २१ गते विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने वचन दिएका छन् ।
यसअघि एमालेका राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्तिले कांग्रेसलाई भने समर्थन गर्ने बताएको छ । विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने शाहले बताउनुभएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ