नेपालमा अनारलाई बिरामी भेट्न जाँदा लगिने कोशेलीको रुपमा मानिन्छ । यसको कारण अनारमा पाइने बिभिन्न पोषक तत्व हुन् जसले प्राय रोगका बिरामीलाई लाभ गर्दछ ।
अनारको सेवन रोगमा मात्र उपयोगी छैन, यौन जीवन प्रभावकारी बनाउन पनि राम्रो मानिन्छ । दैनिक अनारको जुस सेवन गर्नेहरुमा यौन जीवन सन्तुष्ट रहने गर्दछ । भन्दा फरक नपर्ला अनारको जुसले भियाग्राको काम गर्दछ ।
एडिनबरास्थित क्विन मार्गारेट विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार २१ वर्षदेखि ६४ वर्षसम्मका महिला र पुरुष गरी ५८ जनामा गरीएको अनुसन्धानमा अनारको जुस पिउनेहरुमा यौन क्षमता बढेको पाइएको थियो ।
अनारको जुस पिउँदा उनीहरुको टेस्टास्टेरोन हार्मोनको स्तरमा वृद्घि भएको पाइएको थियो । टेस्टास्टेरोन मुख्यतः पुरुष हार्मोन हो, जो युवकहरुमा यौन सम्बन्धी विकासका लागि जिम्मेवार हुन्छ । यो हार्मोन आंशिक रूपमा युवतीहरुमा समेत पाइन्छ ।
यसले उनीहरुको एड्रिनल ग्लान्ड र पाठेघरमा प्रभाव पार्ने गर्छ । साथै, उनीहरुको हाड र मांसपेशीलाई बलियो बनाउँछ । अनुसन्धान अनुसार, टेस्टास्टेरोन हर्मोन पुरुष र महिलामा यौनेच्छा जगाउन, तनावको स्तर घटाउन, राम्रो मुड बनाउन, स्मरण शक्ति बलियो पार्न र रोग प्रतिरोधी क्षमता बढाउन समेत सहयोगी हुन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं