सूचनाको शक्ति - The Power Of Information

        

उनी अविवाहित थिइन्, म उनीसँग नियमित रुपमा…

त्यो अविस्मरणीय रात थियो । २८ वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ । मेरो इच्छा पूरा भइरहेको थियो । त्यसैले म प्रसन्न थिएँ । त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो । म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो । अहिलेसम्म मेरो बिहे भएको छैन । मेरो गृहनगरमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम छ ।

महिला र पुरुषको जनसङ्ख्याको असन्तुलनको खाल्डोले मजस्ता कैयौँ युवालाई बिहेबाट वञ्चित तुल्याएको छ । मेरा आमाबुवाले थरीथरीका कुरा सुन्नुपर्छ । उदाहरणका लागि यदि तपाईँका छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो । निजी कम्पनीको जागिरको के भरोसा ? अनि तपाईँहरूको जग्गा पनि त धेरै छैन ।

त्यतिबेला मेरो मासिक तलब आठ हजार भारु थियो । म घरको जेठो छोरा थिएँ र मेरो बिहे हुन सकिरहेको थिएन । मलाई लाग्थ्यो कतै बिहेको टुङ्गो लागिदिए समाजमा हाम्रो इज्जत जोगिहाल्थ्यो कि । हामी चार जना साथी थियौँ र प्रायः नजिकको सहरमा र क्सी खान जान्थ्यौँ । सम्भवतः त्यो दिन साथीले मेरो तनाव महसुस गरेको हुनुपर्छ ।

गिलासमा रक्सी हाल्दै उसले भन्यो, ‘किन यति तनाव लिन्छौ ? तिमीले बिहे गरिहाल्यौ भने पनि यति मज्जा लिन सक्दैनौ । दुनियाँ रङ्गीन छ, मज्जा लिऊ । ल जाऊँ ।’ म तनावमा थिएँ । तर साथीले पटकपटक आग्रह गरेपछि अन्ततः हामी एउटा होटल गयौँ । तर एक दिन त्यो कुरा मेरो बुवाको कानसम्म पुग्यो । उहाँको रिस उत्कर्षमा पुग्यो ।

बुवाले हात उठाउन सकिरहनुभएको थिएन, अतः कराएर आफूलाई शान्त पार्ने प्रयास गरिरहनुभएको थियो । मैले कैयौँ नीला चलचित्र हेरेको थिएँ । तर वास्तविक जिन्दगीमा कुनै महिलाको सम्पर्कमा गएको त्यो पहिलो पटक थियो । त्यसपछि त होटल जाने बानी बस्यो । पाँच वर्षसम्म यो क्रम चलिरह्यो ।

आफूलाई आनन्द दिलाउने त्यो एउटा सजिलो बाटो थियो । ‘तिमीलाई लाज लागेन त्यस्तो गर्दा ? आफ्नी आमा र दिदीको बारेमा त एकचोटि सोचेको भए हुन्थ्यो ।’ आमा र दिदी रोइरहनु भएको थियो । भिनाजुको परिवारलाई पनि यो कुरा थाहा भयो । साथीहरूले मलाई र क्सी खुवाएर होटल लगेका थिए र बेहोसीमा के के भयो त्यो थाहा भएन भनेर मैले सफाइ दिएँ ।

अनि परिवारसँग माफी पनि मागेँ । उसो भए यति वर्षसम्म त्यो गल्ती किन दोहोर्याइरह्यौ त ? बुवाको यो प्रश्नको उत्तर मसँग थिएन । दिदी र भिनाजु पनि कराइरहनुभएको थियो । उहाँहरूको कुरा सुनेर यस्तो लागिरहेको थियो मानौँ मैले कसैको हत्या जस्तो ठूलो अपराध गरेको छु । दुई दिनसम्म बुवा मसँग बोल्नुभएन ।

तेस्रो दिन उहाँले भन्नुभयो, ‘एक विधवासँग तेरो बिहेको लागि प्रस्ताव आएको छ । पाँच वर्षको छोरा छ र महिला राम्रो परिवारकी हुन् ।’ ‘महिलाका बुवालाई तिम्रा करतुतबारे थाहा छ, तर बिहेका लागि तयार छन् । तिमी पनि ३१ वर्षको भइसक्यौं । यो प्रस्तावलाई स्वीकार गरिदेऊ । तिमी पनि अहिले त राम्रै कमाउँछौ । गृहस्थी जीवन थालिहाल, खुसी रहन्छौ ।’

तर मलाई त कोही अरू नै मन परिसकेको थियो । उनी त्यही होटलमा काम गर्थिन्, जहाँ म यौनकर्मीका लागि जाने गर्थेँ । उनी होटलमा हाउस किपिङ अर्थात् सरसफाइ लगायतका काम गर्थिन् । पैसा थोरै कमाउँथिन् । तर उनीमा एउटा कुरा थियो, उनी हाँस्दा साह्रै राम्री देखिन्थिन् ।तर मेरो कृत्यलाई लिएर असन्तुष्ट थिइन् । मसँग बिहे गर्न उनले अस्वीकार गरिन् ।

उनले अरू कसैसँग बिहे गरेपछि मलाई ठूलो पीडा भयो । म अधुरो अधुरो लाग्न थालेँ । त्यो अधुरोपन थियो कसैको साथको जसले मेरो भावनालाई बुझोस् र मलाई जीवनभरि साथ देओस् । वैवाहिक जीवनको कमी मलाई खट्किन थाल्यो । मेरो बिहे नभएको कारण परिवारलाई पनि समाजमा गाह्रो भइरहेको थियो । अतः मैले घर छाडेँ । समाज नै यस्तो छ ।

अरूलाई चोट पुग्ने प्रश्न सोधेर मानिसहरूले स्वाद मान्छन् । यसपटक मैले सधैँका लागि घर छाड्ने निधो गरेँ । नयाँ ठाउँ, नयाँ मानिसहरू तर मेरो पुरानै बानी । कहिले छिमेकमा बस्ने महिला त कहिले छिमेकी सहरका महिलासँग मैले मन बहलाएँ । कैयौँ पटक त मेरा हाकिम पनि मसँग गए । उनलाई ममाथि विश्वास थियो । म अहिले ३९ वर्षको भएँ तर आफूलाई एक्लो महसुस गर्दिनँ ।

अहिले मेरो परिवारले पनि सम्झौता गरिसक्यो । भाइले एक आदिवासी महिलासँग प्रेमविवाह गरेको छ । म एक स्वतन्त्र चराजस्तै भएको छु । बिहेको सपना त्यागिसकेँ । मलाई यो जिन्दगी नै ठिक लागिरहेको छ । अहिले मेरो मासिक तलब ४० हजार भारु छ । न कुनै कुराको कमी छ न त मलाई कुनै ग्लानि छ । बिहे भएको भए मेरो जिन्दगी कस्तो हुन्थ्यो थाहा छैन । तर आज म समाजको घोचपेचदेखि धेरै टाढा छु ।

(बीबीसी हिन्दीका संवाददाता ऋषि बनर्जीले तयार पारेको एक पुरुषको जिन्दगीमा आधारित सत्य घटना । ती पुरुषको आग्रहमा उनको नाम गोप्य राखिएको छ ।)

स्रोत : बीबीसी
प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १७:२२