यो सुन्दा अचम्म लाग्न सक्छ । यो खबर गोरखाका विकट गाउँहरुको हो । बिही ६ न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन ।
गाउँमा केटा छैनन् म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन कतिको बिहे नभएरै कपाल फुलिसक्यो गुरुङले भनिन् । उत्तरी गोरखाको बिही ६ न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् ।
बिहे गर्ने उमेरका युवती धेरै हुने युवक पढाइ रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् । मैले एक कक्षा पनि पढिनँ घरमा घाँसदाउरा गरेर बसेँ केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो स्थानीय देवानी गुरुङले भनिन् ।
उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन । छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन् म त बूढी भएँ भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने युवक पढाइ रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् ।
देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् । अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो । लगन जुरेन कर्ममा नलेखेर होला नि उनले भनिन् बिहे गर्न कसलाई पो मन हुँदैन र ?’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन् । ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन् ।
खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन् । न्याकका स्थानीयले अहिले पनि छोरा लाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन् । कतिपयले छोरीलाई पढाउँदैनन् । पढ्न रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन ।
सत्यपाटी संवाददाता । गोरखा