सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

भेडा

एक हुल भेडा आए
अनि घोषणा गरे
शिव मर्यो
अनि उसले जम्मा हुने भीडलाई
शिवको मलामी घोषणा गर्यो
अर्को हुल भीडले
शिवको आत्माको चर्चा गर्यो
भगवानको पनि आत्मा हुन्छ भन्ने पुष्टि गर्न
आत्मा हुने भए
शक्तिको अस्तत्व कहाँ रहन्छ
त्यो भीडमा छलफल भएन
बरु भीडले
संहार कार्यको लागि
नयाँ शिवको खोजी गर्यो
अनि सुरु भयो प्रतियोगिता
नयाँ शिव बन्न ।
उ फुर्के छ
त्यसैले भीडका विज्ञ देखेर
उ फुर्कियो
र झुटमा रमाएका भीडलाई हेर्यो
अनि बोल्यो
‘त्रिकालदर्शी शिवले आफ्नो मृत्यु कसरी देखेन’
तब उभित्रको ईश्वर बोल्यो
‘ज्योतिषीले भाग्य देख्न सक्ने भए
संसारमा दुःखी कोही हुँदैनथे
न त कसैको मृत्यु हुन्थ्यो ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १४:४५