सूचनाको शक्ति - The Power Of Information

        

रोल्पामा घर आगलागी, एकको मृत्यु

रोल्पामा घर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का ५० वर्षीय गुमाने घर्ती मगरको मृत्यु भएको हो।

स्थानीय भूपनारायण घर्तीको ढोका नभएको, मानिस बसोबास नगर्ने खाली घरमा गुमाने घर्तीले तमाखु सल्काएर खाने क्रममा आगलागी भएको थियो।

सोही आगलागीमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले बताए।

उक्त घरमा पराललगायत दाउरा थियो। त्यसमा आगलागी भएको हो।

घर आगलागी भएको र घर्ती मृत अवस्थामा फेला परेपछि सोमबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार ०९:०२