सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा सामान्य अंकले गिरावट

आइतबार सामान्य अंकले सकारात्मक रहेको शेयर बजार सोमबार उस्तै अंकले ऋणात्मक रह्यो ।

सोमबार ४ अंक बढीले हरियो रहेको बजार परिसूचक नेप्से सोमबार उतार चढावबीच साढें ३ अंकले ऋणात्मक रहेर २ हजार २३ कायम भएर थामियो ।

कारोबार भने २ अर्ब तलै खुम्चियो । यस दिन ८ वटा समूह ओरालो लाग्दा ५ वटा उकालो लागे । होटल तथा पर्यटन, सामूहिक लगानी कोष, निर्जीबन बीमा, अन्य र व्यापार समूह सकारात्मक रहँदाब बाँकी ऋणात्मक रहेका हुन् ।

वित्त समूहमा सबैभन्दा उच्च डेढ प्रतिशत बढी गिरावट आयो । होटल तथा पर्यटन समूहमा भने १ प्रतिशत बढीले सुधारियो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५९ कम्पनीको ५१ लाख २० हजार कित्ता शेयर १ अर्ब ८९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

घटेको बजारमा पनि स्वाभिमान लघुवित्त र समलिङ पावरका शेयरमूल्य भने ९ प्रतिशतमाथि बढ्यो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १८:०६