सूचनाको शक्ति - The Power Of Information

        

महिनामै करोड कमाउने बालिकाको ११ वर्षको उमेरमै रिटायर !

सानै उमेरमा प्रसिद्धि हासिल गर्ने मानिस कमै हुन्छन् । एउटी बालिका जो भर्खर ११ वर्षकी छिन् र महिनामा एक करोडभन्दा बढी कमाइरहेकी छिन् । तर, अब यी बालिका छिट्टै रिटायर हुँदैछिन् ।

बालिका रिटायर भएर आफ्नो विद्यालय शिक्षामा ध्यान केन्द्रित गर्न सक्षम हुनेछिन् । एक महिनामा यति धेरै कमाउने ११ वर्षीया पिक्सी कर्टिससँग मर्सिडिज कार पनि छ । पिक्सीले पुक्सिज पिक्स नामक कम्पनी चलाउँछिन् ।

यो एक अनलाइन कम्पनी हो । यो कम्पनीले विभिन्न प्रकारका हेयर बो, हेडब्यान्ड बेच्छ । पिक्सीको लागि कम्पनी र व्यवसाय उनको आमा रोक्सी जेसेन्कोद्वारा सुरु गरिएको थियो। रोक्सी आफै पनि व्यवसायी महिला हुन् ।

रोक्सीले न्युज डटकम डटएयुलाई भनिन्, ‘पिक्सी अब हाई स्कूलमा ध्यान केन्द्रित गर्न चाहन्छिन् । जसका कारण उनले यो काम गर्दिनन् । हामीले पनि विगत केही महिनादेखि यसबारे सोचिरहेका थियौं ।’ पिक्सीले करिब तीन वर्षअघि यो व्यवसाय सुरु गरेकी थिइन् ।

तर अहिले उनको ध्यान हाई स्कूलमा छ । पिक्सी तब चर्चामा आइन् जब उनकी आमा रोक्सीले उनको १० औं जन्मदिनमा उनलाई २.२५ करोड रुपैयाँको मर्सिडिज कार उपहार दिएकी थिइन् । पिक्सीको ११ औं जन्मदिन पनि सोशल मिडियामा चर्चित भयो ।

यस जन्मदिनमा ३० लाखभन्दा बढी खर्च भएको छ । पिक्सी सामाजिक सञ्जालमा धेरै लोकप्रिय छिन् । उनको इन्स्टाग्राममा १ लाख २१ हजारभन्दा बढी फलोअर्स छन् । उनी यस साइटमा लगातार आफ्ना फोटो र भिडियोहरू सेयर गरिरहेकी छिन् । यसबाहेक उनी आफ्नो व्यवसायसँग सम्बन्धित कुरा पनि सेयर गर्छिन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १७:५७