सूचनाको शक्ति - The Power Of Information

        

अब नायिका शिल्पाले पाउनेछिन् छविको आधा सम्पत्ती

कलाकार शिल्पा पोखरेलले सम्बन्धबिच्छेद तथा मानाचामल मुद्दा जितेकी छन् । उनले चलचित्र निर्देशक छवि ओझाविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

काठमाडौँ जिल्ला अदालतले उनीहरूको सम्बन्धबिच्छेद पनि गराउने फैसला सुनाएको छ भने आधा सम्पत्ति भराउने आदेश दिएको छ । शिल्पा ओझाकी चौथी श्रीमती थिइन् ।

मुद्दा जितेसँगै कलाकार पोखरेलले अदालतबाट न्याय पाएको महसुस गरेको सामाजिक सञ्जालमा व्यक्त गरेकी छिन् । उनले आफूलाई दुखको समयमा साथ दिने सम्पूर्णप्रति कृतज्ञतासमेत व्यक्त गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘हिजो सम्मानित काठमाडौँ जिल्ला अदालतबाट छवि ओझा विरुद्धको मेरो मुद्दामा मलाई जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेकी छु ।’

उनले अगाडी भनेकी छन्, ‘यस कठिन समयमा मलाई बलियो साथ दिने सबै परिवारजन, आमाबुवा, दाइभाउजू, साथीहरू, संघसंस्था तथा विशेष सहयोगको लागि वरिष्ठ अधिवक्ता रमेश गुरागाईंज्यू र अधिवक्ता मनोज यादवज्यूलाई कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १६:५२