सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको भ्यानबाट हाम फालेका थुनुवा बेपत्ता

धनुषामा प्रहरी भ्यानबाट हाम फालेका थुनुवा एकाएक फरार भएका छन् । इलाका प्रहरी कार्यालय सबैलाका ती थुनुवा हिजो साँझ बेपत्ता भएका हुन् ।

जबरजस्ती करणी मुद्दाका राजबाबु मुखिया जिल्ला अदालतबाट म्याद थपेर इलाका प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा प्रहरीको भ्यानबाट हाम फालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार मुखिया स्थानीय यदुकुहाबाट फरार भएका हुन् । यअसघि पनि धनुषामा प्रहरी हिरासतबाट थुनुवाहरु फरार भएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १३:२४