सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

भोलि

उसको भोलि
सबैको चासोको विषय भयो
उसले मतलब गरेन
किनकि उसको भोलि थियो
जुन अन्य धार्मिक भक्तजनको थिएन ।
उनीहरू रमाएको देखेर
उ हाँस्यो
अनि ईश्वरको भक्ति गर्यो ।
ईश्वर प्रकट भए
उसले ईश्वरलाई सोध्यो
‘हे ईश्वर, भोलि नहुने को छ ?’
ईश्वरले हाँसर उत्तर दिए
‘लासको भोलि हुँदैन’

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १२:२६