सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

चट्याङसहित अलिअलि वर्षा, हिमाली क्षेत्रमा हल्का हिमपात

देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार चार महिनापछि काठमाडौंमा वर्षा भएको थियो । पश्चिमी वायुको प्रभावले वर्षा भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ०७:२०