सूचनाको शक्ति - The Power Of Information

        

आज २०७९ फागुन १५ गतेको राशिफल, कस्तो छ तपाईंको दैनिकी ?

२०७९ फागुन १५ गते, सोमवार, २७ फेब्रुअरी २०२३ । फाल्गुण शुक्लपक्ष अष्टमी तिथि । कृत्तिका नक्षत्र, ९ः१३ बजेपछि रोहिणी । चन्द्रराशि– वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ । समय दिन नसक्दा काम रोकिनेछ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ । आफन्तबाट पनि टाढिनुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतले राम्रो परिणाम दिलाउनेछ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । कृषि, पशुपालनमा आदिमा पनि फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर, उठेको रकम संग्रह गर्न बाधा पर्ने समय छ । सञ्चित धन अरूका लागि खर्चनुपर्ने परिस्थिति आउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ ।साथीभाइ नजिकिनेछन् । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग सहकार्य हुन सक्छ । व्यापार बढ्नेछ भने नोकरी तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । आँटले सफलताको उचाइमा पुर्याउनेछ । पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम हात पार्न सफल भइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सानो प्रयत्नले तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि सामाजिक दायित्व बढ्नेछ । मिहिनेतको प्रतिफल सहजै प्राप्त हुने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

शरीरमा कमजोरी अनुभूति हुनेछ । जोखिमपूर्ण तथा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । स्वास्थ्यका लागि विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला । पहिलेका समस्या दोहोरिनाले काम अधुरो रहनेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । रमाइलो यात्रा हुनुका साथै स्वादिष्ट खानपानको समेत आनन्द प्राप्त हुनेछ । दिगो फाइदा हुने योजना समेत कार्यान्वयन गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ । बेसुरमा काम गर्ने बानीले समस्या आउला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । मिहिनेत र बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । गुरुजनको साथ–सहयोग पाइनेछ । नयाँ काम गर्न केही समय लाग्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । परिस्थितिवश नियमित काम अधुरो रहला । बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ । नतिजा कमजोर देखिनाले काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । तत्कालको फाइदा हेर्दा लाभांश गुम्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ०७:१३