सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले प्रदेश १ सरकार नछाड्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नम्बर १ सरकार नछाड्ने भएको छ । सत्तारूढ गठबन्धनले बहुमत पुर्‍याउन सक्ने सम्भावना देखिएपछि राप्रपाले प्रदेश १ को सरकार नछाड्ने भएको हो ।

राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले हिजो शनिवार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

राप्रपा सङ्घीय सरकार र बाग्मती प्रदेश सरकारबाट हिजै बाहिरिसकेको छ । राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताउनुभयो । उहाँले राप्रपाले एमालेसँग सहकार्य जारी राख्ने बताउनुभयो ।

प्रदेश १ को प्रदेश सभामा राप्रपाका छ जना सांसद छन् । एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सदस्य हुन्छन् । ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतवार १८:२३