काठमाडौं उपत्यकामा आइतबार दिउँसो मेघगर्जनसहित यो वर्षको पहिलो हिउँदे वर्षा भएको छ। उपत्यकालगायत अन्य स्थानमा पनि आइतबार पानी परेको छ।
राजधानी र वरपरका स्थानमा दिउँसो अचानक परेको पानीले बाटोमा हिँडेका मानिसहरुलाई प्रभावित पारेको छ। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले खुसी हुँदै तस्बिरहरु राखिरहेका छन्।
मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको कारण मेघगर्जनसहित पानी परेको हो।
कतिपय स्थानमा असिनासमेत परेको महाशाखाले जनाएको छ।
सत्यपाटी संवाददाता । काठमाडौँ