सूचनाको शक्ति - The Power Of Information

        

अभिनेत्री सहारा प्रेमी फिरोजसँग विवाह बन्धनमा बाँधिदै

अभिनेत्री सहारा कार्की र अभिनेता तथा सञ्चारकर्मी फिरोज तिमल्सिना विवाह बन्धनमा बाँधिने भएका छन् ।

उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी जुन २६,२०२३ मा विवाह गर्ने जानकारी दिएका छन् । सहारा र फिरोज हाल अमेरिकामा बस्दै आएका छन् ।

सहाराले फेसबुकमा स्टाटस लेख्दै फिरोजको प्रस्तावलाई स्वीकार गरेको बताएकी छन् । उनले लेखेकी छन्, ‘जुन व्यक्तिसँग म बूढो हुन चाहन्छु र जुन व्यक्तिसँग म मेरो जीवनका बाँकी अध्यायहरू पूरा गर्न चाहन्छु। तिमी मेरो सदाको लागि घर हौ र मेरो खुशीको घर हौ।’

फिरोज नेपाल रहँदा एपिवान टीभीमा कार्यक्रम उत्पादन र उद्घोषक, ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टरको रुपमा आबद्ध थिए । साथै उनी गायक पनि हुन् ।

त्यस्तै, सहाराले तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि उनी फिल्म अभिनयमा सक्रिय छैनन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतवार १८:१५