सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।

आइतबार सरकारी वकिल र पीडित पक्षका वकिलको बहस सकिए पनि सन्दीप पक्षको बहस नसकिएकाले सोमबार सुनुवाई हुने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले उक्त सुनुवाइलाई सोमबार निरन्तरता दिने छ । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल र मुरारी सापकोटाले बहस गर्नुभएको थियो । सन्दीप लामिछानेले आफू विदेश जान पाउनु पर्ने माग गर्दै निवेदन दिएका थिए ।

उच्च सरकारी वकिल कार्यालयले भने सन्दीपलाई थुनामै राखेर मुद्दाको अन्तिम टुंगो लगाउन माग गरेको छ । यी दुवै निवेदन सँगै राखेर सुनुवाई भइरहेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतवार १८:१२