सूचनाको शक्ति - The Power Of Information

        

घरेलु उपचारको अचुक औषधि ‘दालचिनी’, यस्ता छन् उपयोगिता

दालचिनी प्राय सबैको भान्सामा सहजै पाइन्छ । खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ । सथै दालचिनी कयौं रोगको एउटै घरेलु उपचार पनि हो । दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ । यो कुरा कमैलाई मात्र थाहा छ ।

सीलोन दालचिनी, कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी गरेर विभिन्न प्रकार हुन्छन् । सिलोन दालचिनी अन्य दालचिनी भन्दा फरक हुन्छ । यो दालचिनी रुखबाट उत्पादन हुन्छ । सिलोन दालचिनीका विभिन्न फाइदा छन् ।

क्यान्सरको जोखिम घटाउँछ

क्यान्सर रोगको उपचारमा मानिसले धेरै समय र ठूलो खर्च गर्नुपर्छ । तर, नियमित रुपमा मात्रा मिलाएर खाएमा दालचिनीले क्यान्सरको जोखिम घटाउँने चिकित्सकले बताएका छन् । सिलोन दालचिनी क्यान्सरका बिरामीका लागि एक आशाजनक घरेलु उपचार हुनसक्छ ।

यसमा क्यान्सरसँग लड्ने इन्जामका साथै एन्टीअक्सिडेन्ट, एन्टीइन्फ्लामेट्री र एन्टीमाइक्रोबियल गुण हुन्छ । यो सिलोन दालचिनीमा यी सबै गुण हुनु भनेको शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउनु हो । यसमा पाइने एन्टीअक्सिडेन्ट एंजाइम एक्टिविटीलाई बढाउँछ । जसले क्यान्सरलाई रोक्न सहयोग गर्छ ।

उच्च रक्तचाप घटाउन सहयोगी

हरेक किसिमको दालचिनीमा एसिड पर्याप्त मात्रा हुने गर्छ । अध्ययनका अनुसार सिलोन दालचिनीको सेवन रक्तचापलाई कम गराउन लाभकारी मानिन्छ । मुटुसम्बन्धी विभिन्न समस्याको जोखिम घटाउन पनि दालचिनीको भूमिका महत्वपूर्ण हुन्छ ।

मधुमहेका लागि निकै फाइदाजनक

मधुमेहका बिरामीका लागि सिलोन दालचिनी निकै फाइदाजनक मानिन्छ । यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ । त्यसैले सिलोन दालचिनी मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ ।

दालचिनी चियाको झन् धेरै फाइदा

कतिपय मानिसले दालचिनीको चिया खाने गरेको देख्नु भएकै होला । यो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यो एक प्रकारको डिटक्स ड्रिंक पनि हो । जसले शरीरको तौल कम गर्न मद्दत गर्दछ । विशेषज्ञका अनुसार दालचिनीको चिया बिहान खाली पेटमा सेवन गर्दा शरीरलाई फाइदा गर्छ । दालचिनी चिया विभिन्न तरिकाले बनाउन सकिन्छ ।

  • सबैभन्दा पहिले कुनै भाँडोमा पानी राख्ने । पानी दालचिनी र तुलसीको केही पात राख्ने ।
  • पानीलाई मध्यम आगोमा पाँचदेखि ६ मिनेटसम्म उमाल्ने । उक्त पानीलाई ढाकेर राख्ने ।
  • पानीलाई त्यो बेलासम्म उमाल्नुपर्छ, जबसम्म पानी सुकेर आधा हुँदैन ।
  • उक्त पानी गिलासमा राखेर स्वाद अनुसार कागतीको रस मिलाउने ।
  • स्वादको लागि पानीमा एक चम्चा मह पनि मिसाउन सकिन्छ । त्यसपछि दालचिनी चिया तयार हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतवार १०:१५