सूचनाको शक्ति - The Power Of Information

        

ब्राउनसुगरसहित बाँकेमा ३ जना पक्राउ

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार बर्दिया बढैयाताल गाउँपालिका–७ का विशालसिंह ठकुरी र विक्रमसिंह ठकुरी तथा कोहलपुर नगरपालिका– ११ का निर्जन ढकाललाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

विशालसिंह ठकुरीले लगाएको ज्याकेट र मलद्वाररमा लुकाइ राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट भे १३ प २७३ नम्बरको अपाची मोटरसाइकल, नौ हजार आठ सय रुपैयाँसमेत बरामद गरेको छ ।

उनीहरुले बर्दियाको सीमामा पर्ने भारतको बलैगाउँबाट ब्राउनसुगर ल्याएको प्रहरीले बताएको छ ।  प्रहरीका अनुसार उनीहरु लागूऔषध ओसारपसारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतवार ०८:४१