सूचनाको शक्ति - The Power Of Information

        

आज गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्।

गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।

दिलबहादुर रम्तेलको स्मृति सभा, ‘सहिद’ परिवारलाई सम्मानलगायत कार्यक्रमका लागि बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो।

प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११ बजे बारपाक सुलिकोट गाउँपालिका आइपुग्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए।

गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। निर्वाचित भएपछि उनले कार्यव्यस्तताले गर्दा आफू मतदातालाई धन्यवाद दिन गाउँ-गाउँमा जान नपाएको बताएका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतवार ०८:२९