सूचनाको शक्ति - The Power Of Information

        

२०७९ फागुन १४ गतेको राशिफल, कसलाई कति शुभ, कति अशुभ

२०७९ फागुन १४ गते, आइतवार, २६ फेब्रुअरी २०२३ । फाल्गुण शुक्लपक्ष सप्तमी तिथि । भरणी नक्षत्र, ८ः२७ बजेपछि कृत्तिका । चन्द्रराशि– मेष, १४ः३६ बजेदेखि वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । आम्दानी बढ्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ । रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायमा लगानी गर्दा पनि मनग्य धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । कीर्तिमानी काम गर्ने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । लगनशीलताले सफलता दिलाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

समस्या दर्साउँदा शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ । तर अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक नदर्साउनु होला । दिउँसोदेखि स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । नयाँ व्यवसाय थालनी हुनेछ । मनोरञ्जनको समय छ । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । दिउँसोदेखि विवादास्पद जिम्मेवारी आउन सक्छन् । अस्वस्थताले काममा बाधा पुर्याउनेछ । अप्ठ्यारा परिस्थिति सुल्झाएरै फाइदा उठाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पहिलेको सफलताले हौसला जगाउनेछ र आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ । पछिका लागि समेत विशेष काममा जग बसाउने मौका छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । यात्राका बीच साँझतिर अतिथिका रूपमा सत्कार पाइनेछ । रमाइलो पारिवारिक भेटघाट पनि हुनेछ । भौतिक साधन प्राप्त् हुनेछन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ । सफलताले काममा पनि उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन् । श्रमबाट मनग्गे धनलाभ हुनेछ । दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला । व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । चिताएको काम बन्नाले नयाँँ काम थाल्न सकिनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतवार ०७:१४