सूचनाको शक्ति - The Power Of Information

        

के हो स्वप्नदोष ? सेक्सबिनै किन झर्छ वीर्य ?

स्वप्नदोष एक शारीरिक प्रक्रिया हो । यो कुनै रोग होइन । स्वप्नदोषको अर्थ निदाएको बेलामा विना सम्भोगक्रिया अर्थात् सेक्सबिनै वीर्य स्वतः स्खलित हुनु हो । वीर्य ओछ्यानमै झर्छ । धेरैजसो स्वप्नदोष कामुक सपनाको कारणबाट हुन्छ ।

सम्भोग वा हस्तमैथुन नगरेमा स्वप्नदोष हुन थाल्दछ । स्वप्नदोष एक सामान्य प्राक्रितिक प्रक्रृया हो । यसको उपचारको लागि चिकित्सकसँग जानु आवश्यक छैन । विवाह भएपछि सम्भोगद्धारा स्वभाविक स्खलन हुन थाल्दछ । तब यो आफैं बन्द हुन्छ ।

अश्लील साहित्य नपढ्नु, ब्लू फिल्म नहेर्नु, स्त्रीहरुको सम्पर्कमा धेरै नबस्नु, प्रेम र यौन सम्बन्धी कल्पना नगर्नु स्वप्नदोषबाट बच्ने उपाय हुन् । स्वप्नदोष हुने व्यक्तिले राती पिसाब रोकेर बस्नुहुँदैन । पेटमा कब्जीयत छ भने तुरुन्त उपचार गर्नुपर्छ । किनभने कब्जीयतले पनि स्वप्नदोषको मात्रालाई बढाउन सघाउ पुर्याउँछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १७:५२