सूचनाको शक्ति - The Power Of Information

        

‘एमाले सरकारमा हुँदाहुँदै हामी कसरी जाने ?’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको रूपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले सरकार नछाडेको अवस्थामा आफूहरूले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताए ।

उनले भने, ‘उम्मेदवारका रूपमा रामचन्द्रजी जतिको व्यक्ति जो धेरै सिनियर, खारिएको र प्रत्येक आन्दोलनमा उहाँको भूमिका अत्यन्त महत्त्वपूर्ण र त्यसमा पनि अहिले जुन संविधान छ । त्यसलाई रक्षा गर्ने उपयुक्त पात्रको रूपमा हामीले लिएका छौँ । मलाई विश्वास छ, उहाँको जित सुनिश्चित छ । सरकारमा एमालेले के गर्छ ? अहिले त छोडेको छैन एमालेले । एमाले सरकारमा हुँदाहुँदै हामी कसरी सरकारमा जाने ? सरकार त पूरै छ नि । त्यसै जाने भनेर त जाने होइन नि सरकारमा ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १७:२५