राष्ट्रपतिमा मत माग्दै एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिमा मत हाल्न आग्रह गर्दै नेकपा एसका अध्यक्ष माधव नेपाललाई पत्र पठाएका हुन् ।
राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दिएपछि अध्यक्ष ओलीले शनिबार अपराह्न नेकपा एसका अध्यक्ष नेपाललाई पत्र पठाएका हुन् । राष्ट्रपतिमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् ।
नेकपा एस सोही ८ दलीय गठबन्धनमा छ । र, उसले राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेको छ । अध्यक्ष नेपाल कांग्रेसका पौडेलको प्रस्तावक नै बसेका छन् ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ ।
सत्यपाटी संवाददाता । काठमाडौँ