सूचनाको शक्ति - The Power Of Information

        

दुई पाइलटले आकाशमै एयर होस्टेसलाई ककपिटमा बोलाएर काखमा राखेपछि…

आकाशमै विमान परिचारिका (एयर होस्टेस)लाई काखमा राखेर ल्याएको पाइएपछि दुई पाइलट निलम्बनमा परेका छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलका दुई सदस्यलाई निलम्बन गरेर छानबिन थालेको हो ।

नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ बाट १२ साउनमा काठमाडौं फर्कँदै गर्दा आकाशमै एयर होस्टेसलाई ‘दुर्व्यवहार’ गरेको भन्दै निलम्बन गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार क्याप्टेन र को–पाइलटले एयर होस्टेसलाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको पाइएको छ ।

‘इनफ्लाइट सुपरभाइजर (‘एयर होस्टेस’को लीडर)लाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको र जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्दासमेत ती ‘एयर होस्टेस’ आफ्नो जिम्मेवारीमा नफर्किएको भन्दै अन्य ‘एयर होस्टेस’ले उजुरी दिएपछि निलम्बन गरेर अनुसन्धान थालिएको हो,’ प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए ।

यस सम्बन्धमा छानबिन गरी सम्बन्धित वायु सेवाको कर्मचारी नियमावलीमा भएको आचरण सम्बन्धी व्यवस्थाअनुसार कारवाही गर्न निर्देशन दिइएको उनले बताए । त्यसपछि थप कारबाहीको निर्णय प्राधिकरणले गर्ने उनको भनाइ छ । कारबाहीका क्रममा उक्त उडानका सम्पूर्ण सक्रिय सदस्यलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । उक्त उडानमा दुई पाइलट र पाँच ‘एयर होस्टेस’ थिए ।

यस्तो छ प्राधिकरणले दिएको सूचना :

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १५:१०