सूचनाको शक्ति - The Power Of Information

        

जसपा सांसद सहनाज रहमानको निधन

जनता समाजवादी पार्टी (जसपा)की सांसद सहनाज रहमानको निधन भएको छ । हृदयघातका कारण उनको आज निधन भएको हो । झापा घर भएकी सांसद रहमानको निधन भएको संसदीय दलका नेता रामसहायप्रसाद यादवले जानकारी दिए ।

‘घ्याम्पेडाँडाको एक कार्यक्रममा सहभागी हुन गएकी उनी कार्यक्रमस्थलमै हर्ट अट्याक भएर ढलेकी थिइन्,’ साहले भने, ‘उनलाई मध्यपुर थिमी अस्पताल भक्तपुर ल्याएसी मृत घोषणा भयो ।’ केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १४:०६