सूचनाको शक्ति - The Power Of Information

        

एमालेको कारबाहीमा दुर्गा प्रसाईं, पार्टीबाट निकालिए

नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निस्कासन गरेको छ । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको हो ।

एमाले प्रदेश १ को कमिटीले उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो । पार्टीको नीति विपरित गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको हो । केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई अतिथि बनाएर प्रसाईंले एक कार्यक्रम राखेका थिए ।

साथै, राष्ट्रपतिमा पुस १० मा भएको सहमति पालनका लागि एमालेले पहल गर्ने गरी अहिले नै सरकारबाट नबाहिरिने निर्णय पनि एमालेले गरेको छ । एमालेले राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १३:४५