सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाका चार मन्त्रीले बुझाए राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले राजीनामा दिएका छन् । शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राप्रपाका तर्फबाट बनेका ४ मन्त्रीले राजीनामा बुझाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १३:३८