सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले बोलायो आकस्मिक बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित सन्दर्भमा छलफल गर्न कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बोलाएको छ ।

बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।

शुक्रबार साँझ नै राष्ट्रपतिमा प्रस्तावक र समर्थक नबस्ने बताएको राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेबारे पनि शनिबार बस्ने बैठकले निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ०८:४४