सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डसँग वार्ता गरेर ओली बालुवाटारबाट निस्किए, के भयो कुराकानी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएका छन् । प्रधानमन्त्री प्रचण्डसँग करिब दुई घण्टा वार्ता गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्केका हुन् ।

राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच करिव दुई घण्टा छलफल भएपनि राष्ट्रपतिका विषयमा के कस्तो समझदारी भयो भन्ने विषयमा बाहिर सार्वजनिक भएको छैन ।

ओली बालुवाटारबाट निस्किएलगत्तै पुराना गठबन्धनका शीर्ष नेताहरु छलफल गर्ने भएका छन् । राष्ट्रपतिका साझा उम्मेदवार तय गर्न पुराना गठबन्धनका नेताहरु बसेर फाइनल गर्ने बताएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १७:३०