युक्रेन युद्ध रोक्न माग गर्दै चितवनमा प्रदर्शन गरिएको छ । उनीहरुले युक्रेन युद्ध तत्काल रोक्न रुससँग माग गरेका हुन् ।
मानव अधिकार तथा शान्ति समाज चितवनले भरतपुरमा प्रदर्शन गर्दै रुस–युक्रेन युद्धको एक वर्ष पुगेको दिनमा रुसलाई तत्काल आन्दोलन रोक्न माग गरेको हो ।
‘मानवता पराजित, इतिहास लज्जितः विध्वंसकारी यो युद्ध तत्काल अन्त्य हुनुपर्छ’ लेखिएको ब्यानरसहित आज प्रदर्शन भएको हो ।
समाजका सभापति शम्भु राउतको सभापतित्वमा भएको प्रदर्शनमा पूर्णचन्द्र चापागाईं, तारा पौडेल, किरण राउत, सुप्रिया सापकोटा, सुशील राना, ज्ञानेन्द्र पोखरेल लगायतको उपस्थिति थियो ।
सत्यपाटी संवाददाता । चितवन