सूचनाको शक्ति - The Power Of Information

        

यी चार देशमा किन तारे होटेल खोज्दैछ वायुसेवा निगम ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चालक दलका सदस्यलाई राख्ने रुम सम्झौताको लागि टेन्डर आह्वान गरेको छ ।

निगमले सूचना निकालेर कतारको दोहा, यूएईको दुबई, मलेसियाको क्वालालम्पुर र जापानको नारितामा पाँचतारे होटेलको रुमका लागि टेन्डर आह्वान गरेको हो ।

निगमले दोहा, दुबई र जापानमा चार वटा सिंगल र तीन वटा डबल रुम तथा मलेसियामा चार वटा सिंगल र एउटा डबल रुमका लागि टेन्डर आह्वान गरेको छ ।

पाँचतारे होटेलले मात्र आवेदन दिन सक्नेछन् । उक्त सम्झौता एक वर्षका लागि हुने निगमले जनाएको छ । निगमले १५ दिनभित्र टेन्डर भर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १६:१२