सूचनाको शक्ति - The Power Of Information

        

माओवादीको खुलासा, रामचन्द्र पौडेल राष्ट्रपति पक्का !

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा आज साँझसम्म सहमति जुट्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले आज साँझ ५ बजे बस्ने बैठकमा सहमित जुट्ने बताएका हुन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो ।’ सहमतिलाई औपचारिकता दिन मात्रै बाँकी रहेको उनले संकेत गरे । आज ५ बजे नेपाली कांग्रेससहितको पाँच दलको बैठक बस्दैछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १५:४७