सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

आन्दोलनकारी

तथापि ज्ञानी भए पनि केटीको पछाडि लाग्यो, जसलाई उसले आफ्नो बढतो उमेरसँगै आत्मसाथ गर्यो ।

नर्सरी कक्षालाई नेपालीमा
शिशु कक्षा भनिन्छ
उ ठालु विद्यार्थी
उसले नर्सरी कक्षादेखि नै केटीको पछि लाग्न सिक्यो
कसले सिकायो
दैव जानुन् ।
चकलेट र बिस्कुट खान पाउनुपर्ने माग गर्दै
माग पुरा नहुँदा रुने बेलामा
उसले केटीको पछि लाग्यो
अनि भएन त जिन्दगी पत्ता साफ
जिन्दगी नै भस्म खरानीसरह भयो
तर उ ज्ञानी थियो
तथापि ज्ञानी भए पनि केटीको पछाडि लाग्यो
जसलाई उसले आफ्नो बढतो उमेरसँगै आत्मसाथ गर्यो
नानीदेखि लागेको बानी भनी ।
उसले नर्सरी कक्षादेखि केटीहरुलाई
घाँस हाल्न सिक्यो
तर उसले हालेको घाँस कसैले खाएनन् ।

केटाकेटीमा आफुले धेरै माग नगरेको उसले
एक दिन घोषणा गर्यो
साना बालबालिका जति सबै आन्दोलनकारी हुन्
जो रोइकराई गरेर आफ्नो माग पुरा गर्दछन् ।
पुनः अर्को घोषणा गर्यो
विवाह भनेको क्रान्ति गरेर
आन्दोलनकारी बनाउने धार्मिक नियम हो ।
उसले अनि ईश्वरको भक्ति गर्यो
ईश्वर प्रकट भए
त्यसपछि ईश्वरलाई प्रश्न गर्यो
प्रभु, आन्दोलनकारीको मुख्य उद्देश्य के हो ?
ईश्वरले जवाफ दिए
अभिभावक खोजेर घुर्की लगाउनु ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १५:३४