सूचनाको शक्ति - The Power Of Information

        

नियमित स्तन माड्दा महिलालाई यतिधेरै फाइदा !

आफुलाई फिट राख्नको लागि महिलाहरुले अनेक मेहनत गर्ने गर्दछन् । तर, आफ्नो स्तनलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन्, खासै केहि गरेको देखिँदैन । स्तन मसाज यौंन सामथ्र्यको लागि मात्रै नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्ने अध्ययनबाट खुल्न आएको छ ।

जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ । जसले गर्दा ब्रेस्ट र अन्डर आर्म्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि स्तन मसाज गर्नु आवश्यक छ । कहिलेकाहीं स्तनमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन ।

पछि त्यही गाँठो विस्तारै क्यान्सरमा परिणत हुन्छ । नियमित स्तन मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ । बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले स्तन मसाज गर्नु बढी फाइदाजनक हुन्छ ।

यस्तै, नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्तन माथि गोलाकारमा मसाज गर्नुहोस्, नुहाउन चाहनुहुँदैन भने स्तनलाई तौलिया राखेर हल्का तातो गर्नुहोस्, मसाजको मोशनलाई कम्तीमा ३० पटकसम्म माथि र तलको दिशामा पनि गर्नुपर्छ । हरेक दिन सुत्नुभन्दा पहिले १० देखि १५ मिनेट स्तन माड्नु लाभदायक हुन्छ ।

जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन्, तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ । जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि स्तन मसाज गर्नु आवश्यक छ । कहिलेकाहीं स्तनमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १३:४७