स्विडेनको लुन्डमा प्राचीन कन्डम फेला परेको थियो । यो सन् १६४० को भएको वैज्ञानिकले जनाएका छन् । उक्त कन्डम सुँगुरको आन्द्राबाट बनाइएको छ ।
३८४ वर्ष पुरानो यो कन्डम पुनः प्रयोग गर्न सकिने खालको छ र यो जसको हो, उसले ल्याटिन भाषामा त्यसको विवरण समेत लेखेर राखेको भेटिएको छ । रोग लाग्नबाट बच्नका लागि तातो दूधले कन्डम पखाल्नुपर्छ ।
छालाले बनाइएका कन्डम सङ्क्रामक यौन रोग रोकथाममा प्रभावकारी हुँदैन भन्ने ज्ञान त्यसका निर्मातालाई थियो । त्यस कालमा भेडाका आन्द्राको समेत कन्डम बनाइन्थ्यो । त्यसपछि १७ औँ शताब्दीमा आएर गर्भ नरहोस् भनी कन्डम प्रयोग गर्न थालिएको तथ्य भेटिन्छन् ।
इङ्गल्यान्डमा समेत त्यस कालमा कन्डम प्रयोगमा आएका थियो । इङ्गल्यान्डका कन्डम पशु र माछाका आन्द्राबाट बनाइएका हुन्थे । गुफामा फेला परेको एक लिखतले इसापूर्व १००० मा इजिप्टवासीले कन्डम प्रयोग गरेको सङ्केत गर्छ तर यसमा विवाद छ ।
यस्तै फ्रान्सको कम्बरेल्सको गुफामा बनाइएका पेन्टिङले समेत दुई हजार वर्ष पहिले कन्डम प्रयोगमा आएको देखाउँछ । त्यस कालमा युद्धमा लामो समय घरबाहिर रहँदा रोमन सैनिकहरूलाई भेडाको सुकाएका आन्द्रबाट बनाइएका कन्डम वितरण गरिएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं