सूचनाको शक्ति - The Power Of Information

        

डीआइजी अशोक सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका डीआइजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । नागरिकतामा उमेर विवाद भएपछि राजीनामा दिएका सिंहको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरेको हो ।

डीआइजी सिंहले बुधबार राजीनामा दिएका थिए । नेपाल प्रहरीका प्रवक्ता डीआजी पोषराज पोखरेलले राजीनामा स्वीकृत गरेको पत्र गृह मन्त्रालयबाट आइसकेको बताए ।

राजीनामा दिनुअघिसम्म सिंह सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका थिए । सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि उनी विवादमा तानिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १९:५०