सूचनाको शक्ति - The Power Of Information

        

पूर्व डिआइजीले एसपीको गालामा दुई झापड चड्काएपछि…

नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) अवकाशप्राप्त डिआइजीबाट कुटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ती एसपी गत मंगलबार बेलुका दरबारमार्गस्थित याक एन्ड यती होटलमा कुटिएका छन् ।

मदिरामा मात्तिएर असभ्य शैली देखाएपछि उनलाई पूर्व डिआइजी दीपककुमार थापाले त्यसरी कुटेको स्रोत बताउँछ । विराटनगरका व्यवसायी राजेन्द्र राउतको छोराको बिहेको भोजमा सो घटना भएको हो ।

विगतमा पनि विवादका कारण पटक पटक कारबाहीमा परेका ती एसपीले मरिदामा मात्तिएर प्रहरी महानिरीक्षक लगायत प्रहरी अधिकारीलाई गाली गरेका थिए । पूर्व प्रहरीलाई समेत गाली गरे ।

त्यस्तो नगर्न पटक पटक सम्झाउँदा पनि नमानेपछि पूर्व डिआइजी थापाले उनलाई दुई झापड हानेको स्रोत बताउँछ । त्यती हुँदा पनि उनी सुध्रिएनन् । पछि जिल्ला प्रहरी परिसर, काठमाडौंका एक डिएसपी त्यहाँ पुगेर उनलाई फकाएर घर पठाएका थिए ।

उनको हर्कत देखेर भोजमा सहभाीहरु समेत चकित भएका थिए । एसपीले सार्वजनिक कार्यक्रममा पूरै संगठनको बेइज्जत गरेकाले छानबिन गरी कारबाही हुनुपर्ने माग प्रहरीमा उठेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १७:३९