सूचनाको शक्ति - The Power Of Information

        

प्रजनन क्षमता बढाउन खानुहोस् यस्ता खानेकुरा

वैवाहिक जीवनमा प्रजनन क्षमताले निकै महत्व राख्छ । पछिल्लो समयमा जनसंख्याको ठूलै हिस्सा बाझोपनको शिकार भएको पाइन्छ । तसर्थ, स्वस्थ सन्तान उत्पादनका लागि दुबै पुरुष र महिला प्रजननका हिसाबले स्वस्थ हुनुपर्छ ।

लामो समयसम्म दम्पत्तीबाट कुनै सन्तान उत्पादन हुन सकेन भने जीवन निरश र खल्लो भई यसले दाम्पत्त जीवनमा नै नकरात्मक प्रभाव पार्न सक्छ । तर, त्यसको लागि उनीहरु उर्वर हुनु आवश्यक छ । यस्तो उर्वरता उनीहरुको खानपिन र जीवन शैलीमा पनि भर पर्छ ।

स्वस्थ वीर्यको उत्पादनका लागि पुरुषमा राम्रो पोषणको आवश्यकता पर्ने विज्ञहरुले जोड दिँदै आएका छन् । उनीहरुका अनुसार अहिले विश्वमा हरेक पाँच जनामध्ये एक जनामा आवश्यकताभन्दा न्यून वीर्य भएको पाइन्छ ।

त्यस्तै, कमजोर पोषण, धूमपान, वातावरणीय प्रदुषण, रसायनयुक्त खाद्यन्न, औषधिको साइड इफेक्ट, इत्यादिका कारण पुरुषमा वीर्य उत्पादन क्षमतामा क्रमिक रुपमा ह्रास आएको बताइन्छ । विश्वमा हरेक ६ जनामध्ये एउटा जोडी बाझोपनको शिकार भएका छन् ।

न्यून वीर्य वा कम गुणस्तरका कारण २० प्रतिशतमा यस्तो समस्या देखिएको हो । विज्ञहरुका अनुसार दैनिक उपभोगमा प्रयोग हुने दालदेखि फलफूलको नियमित सेवनले पुरुषको वीर्य उत्पादनमा बृद्धि हुन्छ ।

ओखर – ओखरमा एक प्रकारको वाक्लो एसिड हुन्छ, जसले पुरुषको वीर्य उत्पदन क्षमतामा अत्यधिक वृद्धि गरिदिन्छ । अमेरिकाको प्रजनन स्वास्थ्य सम्बन्धी एक अध्ययन अनुसार दैनिक २ दशमल ५ औंस अथवा ७५ ग्राम ओखर खाएमा वीर्यको आकार र गतिमा वृद्धि हुन्छ ।

गोलभेडा – गोलभेडामा लाइकोपेन (गोलभेडालाई रातो बनाउने तत्व) हुन्छ जसको उपभोगले पुरुषको यौन शक्तिलाई सशक्त बनाउछ । पकाएको गोलभेडामा प्राप्त हुने लाइकोपेन र पुरुष उर्वरताबीच धेरै सम्बन्ध रहेका यस अगाडि गरिएका विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन् । गोलभेडा खाँदा वीर्यको गति, क्षमता र समग्र बनौटमा नै सुधार आउने विभिन्न विज्ञरु बताउछन् ।

फर्सिको वियाँ – फर्सीको वियाँमा वीर्य उत्पादनमा निकै महत्वपूर्ण भूमिका खेल्ने जिंक नामको तत्व उच्च हुन्छ । खनिज र भिटामिनका दृष्टिले पनि फर्सीका बीउ निकै लाभदायी मानिन्छ । तसर्थ, राम्रो पोषणका लागि फर्सिको दानालाई दालको रुपमा प्रयोग गरी यसको झोल खान सकिन्छ ।

दाल – दाल महिला र पुरुष उर्वरता दुबैको लागि महत्वपूर्ण हुन्छ । आफ्नो पोषणबाट न्यून मात्रामा भिटामिन ए र बी प्राप्त गर्ने मानिसको वीर्यको क्रोमोजोम अनियमित हुन्छ । पर्याप्त दालको उपभोगबाट असामान्य र अनियमित क्रोमोजोमको खतराबाट बच्न सकिन्छ । त्यसो त दाल प्रोटिन र फाइबरको ठूलो स्रोत समेत हुन् ।

लसुन – हामीले तरकारी तथा अचारमा दैनिक प्रयोग गर्ने लसुन आफैंमा यौनबद्र्धक हो भन्दा कसैलाई अनौठो लाग्न सक्छ । लसुनमा पाइने एलिसन तत्वले शरिरको रक्त प्रवाहलाई सशक्त त बनाउछ नै यौन क्षमतामा पनि वृद्धि गर्छ । लसुनमा पाइने भिटामिन वी सिक्स र सेलेनियम तत्वले शुक्रकिटलाई स्वस्थ बनाउछ ।

पानी – वीर्यको मात्रा र गुणस्तर बढाउने एक मात्र साधारण उपाय भनेको स्वच्छ पानी पिउनु पनि हो । वीर्य आफैमा तरलयुक्त भएकोले पनि जति पानीको मात्रा पिइन्छ त्यति नै स्वच्छ र गतिशिल वीर्य उत्पादन हुन्छ । पानीले शरिरका विषाक्त चिजहरुलाई पखालिदिने र स्वच्छ वीर्य उत्पदन गर्ने हुनाले दैनिक कम्तिमा पाँच लिटर पानी पिउन उपयुक्त मानिन्छ ।

पालुंगोको साग – पालुंगोको सागमा कोषको वृद्धि तथा प्रजनन क्षमताको लागि आवश्यक पर्ने भिटामिन वी पर्याप्त हुने भएकोले यसको उपयोगले पुरुषमा उर्वरता बढाउँछ ।

अण्डा – अण्डामा भिटामिन इ प्रर्याप्त हुन्छ । भिटामिन ‘ई’ले प्रजनन क्षमता वृद्धि गर्नुका साथै पुरुषको शुक्रकिटको क्षमतमा वृद्धि गर्नुका साथै समग्र यौन शक्ति नै तीव्र बनाउँछ । अण्डाको यही विशेषताका कारण आफ्नो चाहना दबाउनेहरुले यसको प्रयोग गर्दैनन् ।

निलो ऐसेलु – पहाडको वन जंगल तथा पाखा पखेरमा पाइने निलो ऐसेलु यौन उत्तेजक फल बताइन्छ ।

फलफूल – नियमित रुपमा स्वच्छ र सन्तुलित फलफूल उपभोग गरेर पनि पुरुषको यौन क्षमता बढाउन सकिन्छ । भिटामिन ए र वी वान युक्त केरा,अनार आप स्ट्रबरी लगायतका मौसमी फलफूलले मानिसलाई स्वस्थ बनाउनका साथै यौन क्षमता पनि तीब्र बनाउँछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १७:०८