सूचनाको शक्ति - The Power Of Information

        

पतिको लिङ्ग लामो भएको भन्दै महिला अदालत पुगेपछि…

अपराध अनेक छन् । तर जीवनशैलीमा जोडिएका विषयमा पनि असन्तुष्ट बन्दै मानिसहरु अदालत पुग्ने गर्दछन् । विश्वमा यस्ता घटना हुन्छन् जुन कल्पनाभन्दा बाहिरका छन् । कतिपय घटना यथार्थ तर अपत्यारिला पनि हुन्छन् ।

जो सुन्दा पनि मानिस चकित हुन्छन् । कतिपय घटना सत्य रहन्छन् । यस्तै घटना नाइजेरियामा भएको छ । पहिलो विवाहको सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह गरेकी एक महिलाले आफ्नो पतिसँग सम्बन्ध विच्छेदको माग गर्दै अदालतमा मुद्दा दिइन् ।

सम्बन्ध विच्छेदको कारण श्रीमानको लिङ्ग लामो भएको र आफूलाई असह्य पीडा भएको उनको अभियोग पत्रमा उल्लेख छ । नाइजेरियास्थित जम्फारा राज्यको इस्लामिक अदालतले विवाहको एक हप्तापछि नै यस्तो मुद्दा दर्ता भएको जनाएको छ ।

ती महिलाले पहिलो विवाहको सम्बन्ध विच्छेदपछि आफ्नो रितिरिवाज अनुसार मैजिनरीसँग दोस्रो विवाह गरेकी थिइन् । श्रीमानको घर जानुभन्दा पहिला दुलाहाका आमाबुवालाई घर बोलाउने चलन छ । यही अवस्थामा उनीहरु पहिलो पटक सँगै बसेका थिए ।

त्यतिबेला पनि ती महिलाले असहज महसुश गरेको बताएकी थिइन् । उनले त्यो पीडा आफ्नो आमालाई समेत भनिन् तर, उनकी आमाले बिस्तारै ठिक हुँदै जाने बताइन् । आयशाका अनुसार उनीहरुले सहज ढंगले यौन आनन्द लिने प्रयास पनि गरे तर असहज महसुश भयो ।

यो घटना जम्फाराको हो । जम्फारा नाइजेरियाको राजधानीबाट ५०० मिटर दूरीमा पर्छ । नाइजेरियाको यो पहिलो राज्य हो जहाँ यो घटनामा सम्बन्धविच्छेदको मान्यता दियो । सामान्यतया पुरुषको लिङ्गको आकार ५.२ इन्च अर्थात् १३.१२ सेन्टिमिटर हुने गर्दछ ।

यो मुद्दामा अदालतको आदेश झनै रोचक छ । अदालतले सुरुमा पुरुषको लिङ्गको मापन गर्न आदेश दियो । ठूलो वा सानो कसरी छुट्याउने मापन गरिएमात्र अदालतलाई सहज हुनेछ आदेशमा भनिएको थियो । त्यसपछि मान्यताप्राप्त चिकित्सकबाट मापन गराइयो । नभन्दै आकार ठूलो नै भएको देखिएपछि सम्बन्धविच्छेद गराइयो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ०९:००