सूचनाको शक्ति - The Power Of Information

        

२०७९ फागुन ११ गते : कस्तो रहनेछ तपाईंको राशिफल ?

२०७९ फागुन ११ गते, बिहीवार, २३ फेब्रुअरी २०२३ । फाल्गुण शुक्लपक्ष तृतीया तिथि, ७ः३७ बजेपछि चतुर्थी । उत्तरभाद्रपदा नक्षत्र, ९ः०० बजेपछि रेवती । चन्द्रराशि– मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ । खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । तर, आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने समय छ । आवश्यक भौतिक साधन जुट्नेछन् । श्रमको उचित मूल्य प्राप्त हुनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

श्रम परे पनि विशेष फाइदा हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तत्काद काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । शारीरिक कमजोरीले आँटेको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । सोखले खर्च भने बढाउन सक्छ । औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ । आवश्यक पर्दा साथीभाइले पनि फाइदा दिलाउनेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । बिस्तारै काम बन्नेछ । अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला । धेरै बोल्दा समस्या आउन सक्छ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । पहिलेको नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर प्राप्त भए पनि चुनौती देखापर्नेछन् । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा सजग रहनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्तिकलामा निखारता आउनेछ । ज्ञान र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । दिन लाभदायक रहनेछ । आम्दानी बढाउने काम प्रारम्भ हुनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने कामको सफलताले नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सकिनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ०८:१९