सूचनाको शक्ति - The Power Of Information

        

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, सबै ‘पारामिटर नर्मल’

आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा.अमोल मात्रेका अनुसार एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।

‘डाक्टरसँग परामर्श लिइरहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनुभयो, यहाँ मसँग आएर बस मेरो मास्क हटाउन लगाउ, हातखुट्टाको पट्टी हटाउन लगाउ भन्नुभयो,’ मुम्बईमा रहेका योगराज कडेँलले भने ।

उपचारमा संलग्न डा.मात्रेका अनुसार ५ लिटर अक्सिजनमा मात्र राखिने भनिए पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने सबै पारामिटरहरू नर्मल रहेको छ । पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन् ।

गत बिहीबार शंखमुलस्थितमा निवासमा ग्यास लिक हुँदा आगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भीर घाइते भएकी उनकी आमाको भने निधन भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ०८:४६