सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

आज कुन–कुन प्रदेशमा वर्षा र हिमपातको सम्भावना ?

देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश– १ र वाग्मती प्रदेशका पहाडी भू–भाग, कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रदेश–१ र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ०६:४६