सूचनाको शक्ति - The Power Of Information

        

पूर्व सभामुखका छोरालाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् । उनी फागुन १ गतेदेखि परराष्ट्र सल्लाहकारमा नियुक्त भएका हुन् ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै उनले काम गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा रुपकले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् ।

उनी नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण गर्दै आइरहेका छन् । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १३:४८